Like us!
Follow us!
Connect us!
Watch us!

१०० प्रतिशत लाभांश पछि नेप्सेमा ग्लोबल आइएमई समुन्नत योजनाको मूल्य समायोजन, अब मूल्य कति ?

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, ०७ : ०३ मा प्रकाशित

१०० प्रतिशत लाभांश पछि नेप्सेमा ग्लोबल आइएमई समुन्नत योजनाको मूल्य समायोजन, अब मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज ग्लोबल आइएमई समुन्नत योजना १ को इकाई मूल्य समायोजन भएको छ ।

योजनाको १०० प्रतिशत नगद लाभांश पछि नेप्सेले प्रतिइकाई १० रूपैयाँ ८८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २० रुपैयाँ ८८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आज मंसिर २२ गतेका दिन बुक्लोज गर्ने निर्णय गरेकोले हिजो मंसिर २१ गतेसम्म कायम इकाईधनीहरुले योजनाको १०० प्रतिशत लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आईएमई क्यापिटल लिमिटेडको असोज २४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले ग्लोबल आइएमई समुन्नत योजना १ का इकाईधनीहरूलाई करसहित १०० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको