Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घट्दा सेन्सेटिभ बढ्याे, साताभरमै १३६ अंकले घटेकाे बजार सम्हालिन खाेज्दै

नेप्से

विहीबार, २३ मंसिर २०७८, १५ : ०५ मा प्रकाशित

नेप्से घट्दा सेन्सेटिभ बढ्याे, साताभरमै १३६ अंकले घटेकाे बजार सम्हालिन खाेज्दै

साताकाे अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा सामान्य अंककाे गिरावट देखिएकाे छ । नेप्से परिसूचक घट्दा सेन्सेटिभ परिसूचक भने बढेकाे छ । याे एक सातामा सेयर बजार १३६ अंकले घटेकाे छ ।

सेयर बजार बिस्तारै सम्हालिने प्रयास गरिरहेकाे छ । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे पहिलाे त्रैमासिक समिक्षा सार्वजनिक गरेपछि पछिल्लाे समय सेयर बजारमा दिनहुँ जसाे भारी गिरावटले घटिरहेकाे छ । सेयर बजार यसरी घट्दा पनि नियामक निकायहरू माैन छन् । लगानीकर्ताहरूले आफ्नाे सम्पत्तिकाे रक्षा गर्न तथा पूँजी बजार विराेधी नियामक निकायहरूकाे विरूद्धमा 'नाे भाेट' अभियान सञ्चालन गरिरहेका छन् । घटिरहेकाे सेयर बजार आज थाेरै सम्हालिन खाेजेकाे देखिन्छ । हिजाे (बुधबार) बजार  ५३.१० अंकले घटेर २४५५.८० विन्दुमा झरेकाे थियाे ।  आज भने झिनाे अंककाे गिरावट मात्र छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा झरेकाे छ । नेप्से ०.२४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.४३ अंकले बढेर ४६५.२३ विन्दुमा पुगेकाे छ । 

कूल २३१ वटा कम्पनीकाे ६२ लाख २३ हजार ७ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । 

बिहीबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ८ कराेड ८५ लाख ५२ हजार २ सय ५ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज सीनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.५५ प्रतिशतले बढेर ४ सय १८ रूपैयाँ २० पैसा पुगेकाे छ । 

यस दिन पनि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले नै सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ५.८२ प्रतिशतले घटेर एक हजार एक सय रूपैयाँमा झरेकाे छ । संस्थाले लाभांश नदिने घाेषणा गरेसँगै यसकाे सेयरमूल्यमा नकारात्मक प्रभाव परेकाे हाे ।

61b1ce6e81f4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको