Like us!
Follow us!
Connect us!
Watch us!

३२२७ बाट करिब २५% घट्यो नेप्से, अर्को बुलको तयारीमा बजार !

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १६ : ११ मा प्रकाशित

३२२७ बाट करिब २५% घट्यो नेप्से, अर्को बुलको तयारीमा बजार !

नेप्सेको डेली  चार्ट प्याटर्नमा आज डोजी किसिमको क्यान्डल बनेको छ । आज बजारमा बायर र सेलरको प्रेसर लगभग लगभग बराबर जस्तो देखिन्थ्यो।  बजार करिब ५ अंकले घटेर बन्द भएता पनि आजको बजारमा स्पष्ट रुपमा बायर वा सेलर कोहि पनि हावी हुन सकेनन।  

बजार करिब ३२०० को हाराहारीबाट आजको बिन्दुसम्म आइपुग्दा बजार करिब ८०० अंकले खसिसकेको छ ।  ३÷४ महिनाको अवधिमै बजारमा  त्यत्रो ठुलो अंकको गिरावट आइसक्दा अब चाहिँ बजार बिस्तारै सम्हालिदै केहि महिना भित्र बजार फेरी २८००÷ ३००० को हाराहारीमा पुग्न सक्ने कुरा विश्लेषकहरु बताउछन ।  त्यसैले बजार घटेर एउटा महत्वपूर्ण बिन्दुमा आइपुग्दै गर्दा राम्रो अध्धयन गरेर आफ्नो जोखिम लिन सक्ने क्षमता अनुसार राम्रा कम्पनीहरुमा लगानी गर्न सकेमा केहि महिनाको अन्तरालमै राम्रो क्यापिटल गेन गर्न सकिने अनुमान बजार जानकारहरुको रहेको छ ।  

१ हप्ते क्यान्डल बेसिसमा नेप्सेलाई हेर्दा यो हप्ता नेप्सेमा वियरिस मारुबोजु क्यान्डल बनेको छ । यो साता बजार करिब १४० अंकले घटेको छ । यो हप्ता बनेको क्यान्डल प्राइस च्यानलको मिड लाइनमा आइपुगेको छ । यो बिन्दुलाई सपोर्ट बनाएर आगामी हप्ता बजार बढ्न थाल्यो भने बजारले करिब २६६५ को रेसिस्टेन्स फेस गर्नुपर्ने हुन्छ भने बजारको बलियो सपोर्ट करिब २३८० को बिन्दुमा रहेको छ । 

बजारले २३८० को बिन्दुलाई पनि रेस्पेक्ट गर्न सकेन भने बजारको यात्रा २२०० सम्मको हुन पनि सक्ने देखिन्छ।  लगानीकर्ताहरुले आफ्नो माइन्ड सेट त्यहि अनुरुपको बनाउनुपर्ने देखिन्छ ।  

यसअघिका बुल र्यालीहरुमा पनि सेयर बजार करिब २०० प्रतिशतले बढिसकेपछि कम्तिमा २२% देखि बढीमा ३४% सम्म घटेर त्यसपछि तिब्र गतिमा बढेको देखिन्छ । अहिले पनि बजार आफ्नो पिकबाट करिब २५% ले घटिसकेको अवस्थामा अब बजारमा घट्ने ठाउँ धेरै नरहेको अनुमान गर्न सकिन्छ । बजार घटेर तल्लो बिन्दूहरुमा जाँदै गर्दा लगानीकर्ताहरुले राम्रा कम्पनीका सेयरहरु किनेर राख्न सके आगामी दिनहरु सुनौला रहन सक्ने अपेक्षा गर्न सकिन्छ ।

61b1dd2f83d12.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको