Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, ०६ : ३८ मा प्रकाशित

नेप्सेमा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । कम्पनीहरुले लाभांश तथा साधारणसभा प्रयोजनार्थ आज मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकोले हिजो मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र बोनस र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

लक्ष्मी बैंकको ८ प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ७० रूपैयाँ ३७ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य २ सय ९२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको एक्काइसौँ वार्षिक साधारण सभा पौष ८ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ३.५ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

समता घरेलु लघुवित्त वित्तीय संस्था संस्थाको २० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय २५ रूपैयाँ ८३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाले एफपिओ जारी गर्ने बिशेष प्रस्ताव सहति वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँ वार्षिक साधारण सभा पुस ७ गते, बिहिबार हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको