Like us!
Follow us!
Connect us!
Watch us!
कहिले पूरा होला त सपना

बारेकोटबासीको हवाई सपना बन्दै विजुली

आइतबार, ११ असार २०७४, १९ : ०८ मा प्रकाशित

बारेकोटबासीको हवाई सपना बन्दै विजुली

अर्थ संसार,  जाजरकोट–  बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ऐयारीखोला लघु जलविद्युत् आयोजनाको निर्माण थालिएको ८ वर्ष बितिसक्दा पनि अझै अलपत्र छ । लघु सो आयोजना निर्माणका लागि खरिद गरिएका सामान यत्रतत्र छरिएर रहेका र  कतिपय विद्युतीय सामानमा खिया लागेर पात पतिङ्गरले पुरिएका छन् ।

सो आयोजनाका लागि गठित उपभोक्ता समितिको लापरबाहीका कारण निमार्ण  सुरु भएको  ८ वर्ष बितिसक्दा पनि पूरा नभएको स्थानीयवासीको भनाइ छ ।

 उपभोक्ता समितिले अन्य उपसमितिलाई कुनै जिम्मेवारी नदिएको सामान खरिद उपसमितिका अध्यक्ष जयलाल रावतको गुनासो छ  । सामान खरिद उपसमितिको आफू संयोजक भएपनि सो आयोजनाका लागि कहाँबाट कति सामान खरिद गरिएको छ भन्ने आफूलाई थाहा नभएको जयलाल उहाँले बताउनुभयो ।

आठ वर्षको अवधिमा तीन पटक उपभोक्ता समिति फेरबदल भइसकेको छ । सुरुमा गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रावतले आयोजनाका सम्पूर्ण कागजात सचिव पदमबहादुर शाहीसंग भएकाले यसको यथार्थ विवरण आफूसंग नभएको बताउनुभयो ।

 सो आयोजनाका लागि संसद विकास कोषबाट प्राप्त भएको रु सात लाख दोस्रो पटकका अध्यक्ष प्रकाण्ड रावतले चलाएको तर उहाँको पालामा पालामा कुनै पनि काम नभएको पूर्व अध्यक्ष  रावतले उल्लेख गर्नुभयो ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा सिर्जना बस्नेत निर्वाचित भएपछि वडास्तरीय प्रथम बैठकमा आगामी दसँैमा गाउँमा बत्ती बाल्न प्रकाण्डको समितिलाई विघटन गरेर लालबहादुर सिंहको अध्यक्षतामा तेस्रो उपभोक्ता समिति गठन गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको