Like us!
Follow us!
Connect us!
Watch us!

नियामक निकायहरूसँग वार्ताको बाटो बन्द नगरौँ : छोटेलाल रौनियार

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १५ : २४ मा प्रकाशित

नियामक निकायहरूसँग वार्ताको बाटो बन्द नगरौँ : छोटेलाल रौनियार

सेयर विश्लेषक एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले सेयर बजार घर घर की कहानी भइसकेको बताएका छन् ।

पुँजी बजारमा देखिएका नितिगत समस्या र निराकरणको रणनिती बनाउने उद्देश्यले आयोजना गरिएको लगानीकर्ताहरूको बृहत् छलफल कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा सेयर बजार घर घर की कहानी भइसकेको बताएका हुन् । देशको १५ १६ प्रतिशत जनताहरूले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सेयर कारोबार गरिरहेका बताउँदै उनले पुँजी बजार अर्थतन्त्रको एना तथा मेरूदण्ड बन्न सफल भएको बताए । 

चिया पसलदेखि सबैतिर सेयर बजारकै चर्चा भइरहेको यस्तो राम्रो अवस्थामा लगानीकर्ताहरूको अभिभावक नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारलाई सर्वप्रथम प्रहार गरेको उनले बताए । ५१ वटा कम्पनीको नाम तोकेर बोर्डले विज्ञप्ति सार्वजनिक गर्दा बजार २०० अंकले तल झरेको उनले स्मरण गरे । फेरि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर बजारलाई प्रहार गरेको उनले बताए । 

ब्रोकरसँग कारोबार गर्ने हरेक लगानीकर्ताहरू आजित भइसकेका हुनाले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्नेमा उनले जोड गरे । 

संघ संगठनबाट हटेर आफ्नो व्यक्तिगत विचार राख्दै  उनले बहिष्कारको नीतिभन्दा पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्ने बताएका छन् ।बहिष्कारको काम नगरिकन सबैजना मिलेर अगाडि बढ्दा सबैले सुन्ने उनले बताए । नियामक निकायहरूसँग वार्ताको बाटो बन्द नगर्न उनले  आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्ने क्रममा उनले लगानीकर्ताहरूको अहिलेको आन्दोलनमा आफ्नो पनि साथ र समर्थन रहेको बताएका छन् । आफ्नो शरिरमा सास भएसम्म आफू लगानीकर्ता साथीहरूका लागि पछि नहट्ने उनी बताउँछन् । पूँजी बजारको विकास र विस्तारका लागि हरेक लगानीकर्ताहरूले आआफ्नो तर्फबाट आवाज उठाउनुपर्ने उनको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको