Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तको साधारणसभा पुस १८ मा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, ०६ : ४५ मा प्रकाशित

साना किसान लघुवित्तको साधारणसभा पुस १८ मा, बुकक्लोज कहिले ?

लाभांश पारितको बिशेष ऐजेन्डा सहित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ  ।

संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १८ गते, आइतबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा बिहान ११ बजेबाट सूरु हुनेछ । 

सभाले संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ५ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । पुस २ गते शुक्रबार, ३ गते शनिबार र ४ गते उधौली पर्व परेकाले १ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

61b54b1a9954c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको