Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तको नाफासंगै बढ्यो ईपीएस, पिई रेसियो २२.७१ गुणा

अर्थ संसार

बुधबार, १८ माघ २०७९, ०६ : ५० मा प्रकाशित

साना किसान लघुवित्तको नाफासंगै बढ्यो ईपीएस, पिई रेसियो २२.७१ गुणा

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा बृद्धि आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ४३ करोड ४९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३३.८६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३२ करोड ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३४.४८ प्रतिशतले बढेर ६२ करोड ३ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४६ करोड १५ लाख ७६ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३७.४३ प्रतिशतले बढेर ८४ करोड ९८ लाख ७० हजार रुपैयाँ पुगेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी बढेर (ईपीएस) ५५ रुपैयाँ ६१ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ ४९ पैसा रहेको छ त्यसैगरी संस्थाको मूल्य आम्दानी अनुपात (पिइ रेसियों) २२.७१ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63d9bb41051a2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको