भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ ।
शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो । ‘भारतले आधिकारिक रुपमा बिटक्वाइनलाई मान्य दिएको छ । सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो । तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो ।
बिहान सवा तीन बजे प्रधानमन्त्रीको कार्यलयले मोदीको ट्विट अकाउन्ट ह्याक भएको जनाउँदै केही समयमा नै ह्याकरबाट नियन्त्रणमा लिएको जनाएको थियो । प्रधानमन्त्रीको ट्विटर ह्याकबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस