Like us!
Follow us!
Connect us!
Watch us!

बिमा कम्पनीहरुको पूँजी वृद्धि आवश्यकः हकप्रदले बजार खलबल्याउँछ, मर्जर र बोनसलाई प्राथमिकता

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १४ : १३ मा प्रकाशित

बिमा कम्पनीहरुको पूँजी वृद्धि आवश्यकः हकप्रदले बजार खलबल्याउँछ, मर्जर र बोनसलाई प्राथमिकता

अहिलेको अवस्थामा नेपालमा सञ्चालित बिमा कम्पनीहरुको पूँजी वृद्धि गर्नु अपरिहार्य भएपनि हकप्रद नै एक मात्र विकल्प नभएको बताउँछन् बिमा कम्पनीहरुको नियामक संस्था बिमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवाल ।

अर्थसंसारको कार्यक्रम अर्थसंसार टकसंगको कुराकानीमा अध्यक्ष सिलवालले भने "अहिलेको बजार र व्यवसाय हेरेर बिमा कम्पनीहरुको पूँजी कम छ उनिहरुको पूँजी वृद्धि गर्नु आवश्यक छ तर कम्पनीहरुको पूँजी वृद्धिका लागि समितीले पहिलो प्राथमिकतामा बोनस सेयर र मर्जरको प्रस्ताव राखेको छ हकप्रदका कारण बजारमा चलखेल बढ्ने हुँदा सकेसम्म समितीले हकप्रदलाई प्राथमिकतामा राखेको छैन ।" 

पछिल्लो समय बजारमा हल्ला गरेजस्तो आँफुले हकप्रद दिने वा नदिने भन्ने विषयमा कसैसँग पनि नबोलेको भन्दै सिलवालले अजोड इन्स्योरेन्सकोे हकप्रद कै नाममा केहि चलखेल जस्तो देखिपछि उक्त कम्पनीको हकप्रद प्रक्रियालाई नै समितीले स्थगित गरेको बताए । 

"कम्पनीको पूँजी वृद्धि आवश्यक देखिए पनि कुन बिधिबाट कम्पनीहरुको पूँजी गर्ने भन्ने विषयमा अहिले नै सबै कुरा फाइनल भइसकेको छैन" उनले भने "अब हामीहरु कम्पनीहरुसँग पनि छलफल गर्छौँ, हामी इन हाउस पनि छलफल गर्छौ त्यपछि मात्र कसरी अगाडी बढ्ने भन्ने कुराका र्निक्योल होला ।" 

अहिले बिमा समितीले एकातिर बिमा कम्पनीको मर्जरको कुरा गरिरहेको छ भने अर्को तिर नयाँ बिमा कम्पनीहरुलाई लाइसेन्स वितरणको कुरा किन गरिरहेको छ ? किन बेला बेलामा बिमा समिती विवादमा आइरन्छ ? लगाएत अहिलेका विभिन्न विषयवस्तुहरुमा केन्द्रित रहेर बिमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग गरिएको विशेष कुराकानी आज बेलुका ८ः३० बजे अर्थसंसारको युट्युब च्यानलमा हेर्न नभुल्नुहोला । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको