Like us!
Follow us!
Connect us!
Watch us!
कारोबार रोकिएर अप्ठ्यारो पर्यो भनी गुनासो गर्न कोही आएका छैनन् भन्ने सिलवाललाई ढकालको जवाफ

सिलवाललाई ढकालको जवाफ, 'हामी आउँदैछौं'

बसन्त पाण्डे

शुक्रबार, १३ जेठ २०७९, १६ : ४६ मा प्रकाशित

सिलवाललाई ढकालको जवाफ, 'हामी आउँदैछौं'

मर्जर र एक्विजिसनपछि लामो समय दोश्रो बजारमा कारोबार रोकिने प्रावधानले लगानीकर्ताहरु आक्रान्त बनेका छन्। मर्जरको नाममा लामो समय कारोबार रोक्का हुँदा पैसा फ्रिज हुने र त्यसले अनगिन्ति समस्याहरु निम्तिने गरेको छ। सेयरलाई क्यास सरहकै लिक्विड सम्पतीको रुपमा लिने गरिन्छ तर यसरी कारोबार रोक्का हुँदा लगानीकर्ताहरुले आफुलाई आवश्यक परेको समयमा आफ्नो होल्डिङ्गमा रहेका कम्पनीका सेयरहरु बेच्न पाईरहेका छैनन्।  

पछिल्लो समय बिमा कम्पनीहरु फटाफट मर्जमा जान थालेपछि ५ वटा बिमा कम्पनीहरुको कारोबार रोक्का भएको छ जसमा २ वटा निर्जीवन तथा ३ वटा जीवन बिमा कम्पनीहरु रहेका छन। मर्जरमा गएका कम्पनीहरुको कारोबार रोकिएर लगानीकर्ताहरुलाई निकै नै अप्ठ्यारो परेको छ, बिमा समितिले जारी गरेको गाभ्ने/गाभिने सम्बन्धि निर्देशिकामा कहिँकतै मर्जर वा अक्विजिसनमा गएका कम्पनीहरुको कारोबार रोकिनुपर्छ भनेर उल्लेख गरिएको छैन, विश्वका कुनै पनि स्टक मार्केटमा यसरी कारोबार रोक्का हुने व्यवस्था छैन ; तपाईंहरुले चाहिँ बिमा कम्पनीहरुलाई किन कारोबार रोक्का गराएर आऊ भन्नुभएको भनेर बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई प्रश्न गर्दा आफूहरुले कुनै निर्देशन दिँदा वा नीति लिँदा त्यसले बिमा कम्पनीहरुको जोखिम बहन क्षमता बढोस र बिमितको हक अधिकारको संरक्षण होस् भन्ने उद्धेश्य राख्ने हुँदा सेयर कारोबारको विषयमा आफूहरुलाई खासै जानकारी नहुने बताए। अहिलेसम्म धितोपत्र बोर्ड वा कुनै लगानीकर्ताहरुबाट यसरी कारोबार रोकिंदा हामीलाई समस्या पर्यो भनेर गुनासो लिएर नआएको र यदि त्यस प्रकारको गुनासो आधिकारिक रुपमा आए आफूहरु छलफल गरेर समाधान निकाल्न तयार रहेको उनले बताए। 

बिमा समितिको अध्यक्षबाट यस्तो कुरा आयो, यस्तो गम्भीर समस्यालाई लिएर तपाईंहरु नियामक निकायसम्म किन नपुग्नुभएको भनि हामीले नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष्य तुलसीराम ढकाललाई सोधेका थियौँ। 

तुलसीराम ढकाल, अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम 

'यो हामी सबैको समस्या हो। विश्वमा कहिँकतै नभएको व्यवस्था हाम्रो स्टक मार्केटमै हुने गर्दछ। त्यसैले हाम्रो पुँजीबजार विश्वका पुँजीबजारको तुलनामा निकै पछाडी छ। 

आजै हाम्रो कार्यसमितिको बैठक बस्दै छ। त्यो बैठकबाट धेरै कुराहरुको निर्णय हुनेछ। नेप्से, धितोपत्र बोर्ड, बिमा समिति, बिधुत नियमन आयोग लगाएतका नियामक निकायहरुमा पुग्ने विषयमा निर्णय गर्नेछौं। केहि समयअघि हामी राष्ट्र बैंक पनि पुगेका थियौँ। राष्ट्र बैंकलाई पनि हामीले मर्जर वा एक्विजिसनपश्चात कारोबार रोक्का राख्ने प्रावधानमा संशोधन गर्नुपर्यो भन्ने लगाएतका मागहरु पेश गरेका थियौँ। 
यसरी कारोबार रोकिनुले हामी आम लगानीकर्ताहरु ठूलो समस्यामा परेका छौं। यसमा हामी निकै गम्भीर छौं। यस विषयमा हामी गम्भीर रुपमा सरोकारवाला निकायमा कुरा राख्नेछौं।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको