Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरले कारोबार रोकिएर अप्ठ्यारो पर्यो भनेर गुनासो गर्न कोहि आएका छैनन्

बसन्त पाण्डे

विहीबार, १२ जेठ २०७९, १३ : १२ मा प्रकाशित

मर्जरले कारोबार रोकिएर अप्ठ्यारो पर्यो भनेर गुनासो गर्न कोहि आएका छैनन्

बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमा कम्पनीहरु मर्जरमा गएका कारण कारोबार रोक्का हुँदा लगानीकर्ताहरुलाई समस्या परेको भनेर कहिँकतैबाट आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन् ।

आफूहरुले बिमा कम्पनीहरुलाई कुनै निर्देशन दिँदा वा कुनै नीति लिंदा बिमा कम्पनीहरुको जोखिमलाई कम गराई बिमितहरुलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिने र सेयर बजारको पाटो धितोपत्र बोर्डले हेर्ने भएकाले यदि बिमा समितिले लिएको कुनै नीतिले सेयर बजारमा असर परेको भए लगानीकर्ताहरु र धितोपत्र बोर्डबाट केहि कुरा आयो भने छलफल गर्न आफुहरु तयार रहेको उनले बताए। 'केही मिडियाका साथीहरुले मलाई फोन गरेर कारोबार रोकिएर समस्या आयो भन्ने जानकारी गराउनुभएको छ तर कुनै लगानीकर्ताका संगठन वा धितोपत्र बोर्ड वा नेप्से कहीँ कतै बाट यस बारेमा कुरा आएको छैन' उनी भन्छन्। 

'हाम्रो नीतिका कारणले कसैलाई पनि समस्या पर्नु हुँदैन । यदी मर्जमा गएका कम्पनीहरुको सेयर कारोबार खुल्दा पनि केही फरक पर्दैन भने किन कारोबार रोक्का राख्नु पर्यो र' उनले भने।  

अर्थसंसार टकमा कुरा गर्दै हिजोमात्रै धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले मर्जरका कारण कारोबार रोकिने चलन विश्वमा कहिँकतै नभएको र हाम्रो देशमा यस्तो अव्यवहारिक कुरालाई अहिलेसम्म किन टोलेरेन्स गरियो भनेर आफू अचम्ममा परेको भन्ने कुरा बताएका थिए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको