Like us!
Follow us!
Connect us!
Watch us!

८ महिनामै बीमा पोलिसी समर्पणबाट झण्डै ९ अर्ब रुपैयाँ फिर्ता

पत्रपत्रिका

सोमबार, २७ चैत्र २०७९, ०६ : ४२ मा प्रकाशित

८ महिनामै बीमा पोलिसी समर्पणबाट झण्डै ९ अर्ब रुपैयाँ फिर्ता

पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण (सरेन्डर) गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरूले झन्डै ९ अर्ब रुपैयाँ बीमा शुल्क फिर्ता गर्नुपरेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बीमितहरूले पोलिसी सरेन्डर गर्दा बीमा कम्पनीहरूले ८ अर्ब ८५ करोड ५४ लाख रुपैयाँभन्दा रकम फिर्ता गरेका छन् ।

प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी पोलिसी साउनमा सरेन्डर भएको छ । साउनमा बीमितले पोलिसी सरेन्डर गरेर १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम बीमा कम्पनीसँग फिर्ता लिएका छन् । यस्तै फागुनमा १ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क पोलिसी सरेन्डरमार्फत फिर्ता भएको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको