Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलाे दिन नै सेयर बजारमा पहिराे, किन आत्तिए लगानीकर्ता ?

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १५ : ०३ मा प्रकाशित

साताकाे पहिलाे दिन नै सेयर बजारमा पहिराे, किन आत्तिए लगानीकर्ता ?

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा पहिराे गएकाे छ । बजारले निरन्तर ओरालो यात्रा तय गरिरहँदा लगानीकर्ताहरूकाे मनाेबल पनि घट्दै गइरहेकाे छ । सेयर बजार यसरी घट्दा पनि नियामक निकायहरू माैन छन् । लगानीकर्ताहरूले आफ्नाे सम्पत्तिकाे रक्षा गर्न तथा पूँजी बजार विराेधी नियामक निकायहरूकाे विरूद्धमा 'नाे भाेट' अभियान सञ्चालन गरिरहेका छन् । 

विभिन्न निकायहरुबाट श्रंखलाबद्ध रुपमा सेयर बजारमा प्रहार भइरहेपछि लगानीकर्ताहरुको मनोबल कमजोर बनिरहेको छ । जुनसुकै क्षेत्रमा लगानी गर्दा पनि लगानीकर्ताहरुले आफ्नो लगानी कति सुरक्षित छ भन्ने कुरा हेर्ने गर्दछन् । जहाँ लगानी गर्दा आफ्नो लगानी सुरक्षित देख्दैनन् त्यस्तो ठाँउमा लगानी गर्दैनन् । नियामकहरुले सेयर बजारमा गरेको निरन्तर प्रहारले बजार अर्धघाईते अवस्थामा पुगेको छ । त्यसको समाधान वा उपचारका लागि एकदमै सकारात्मक र सेयर बजारमैत्री नीति सरकारले अवलम्बन नगरेसम्म लगानीकर्ताहरुको मनोबल बढ्न नसक्ने विश्लेषक बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेकाे छ । नेप्से ३.६२ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १५.१५ अंकले घटेर ४५०.०८ विन्दुमा झरेकाे छ ।

कूल २२८ वटा कम्पनीकाे ७२ लाख २३ हजार २ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २ सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै व्यापार र विकास बैंक समूह घटेकाे छ ।

आज मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १९ कराेड ७७ लाख ४० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीकाे  मंसिर २४ गते, शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको

आइतबार युनिलिभर नेपाल लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य २ प्रतिशतले बढेर १८ हजार ५ सय ६४ रूपैयाँ पुगेकाे छ ।

आइतबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार एक सय ११ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

 

61b5c1e489185.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको