कैलाली जिल्लाको एक क्याम्पसले क्याम्पस हाताभित्र क्याम्पस पोशाकमा टिकटक बनाउन रोक लगाएको छ ।
कैलाली जिल्लाको घोडाघोडी नगरपालिक १ मा रहेको घोडाघोडी बहुमुखी क्याम्पसले विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने गुनासो आएका भन्दै उक्त कार्यमा प्रतिबन्ध लगाएको हो ।
आज क्याम्पसले एक सूचना जारी गर्दै क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाएको भन्ने गुनासो आएकाले अब उपरान्त क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाइएको छ । यदि सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचार संहिता अनुसार कारवाही हुने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस