Like us!
Follow us!
Connect us!
Watch us!

छिमेक लघुवित्तको साधारसभा पुस २३ गते, कहिलेसम्म सेयर किन्दा पाइन्छ ३० प्रतिशत लाभांश ?

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, ०७ : ४४ मा प्रकाशित

छिमेक लघुवित्तको साधारसभा पुस २३ गते, कहिलेसम्म सेयर किन्दा पाइन्छ ३० प्रतिशत लाभांश ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित गर्नका लागि बार्षिक साधारणसभा आह्वान गरेको छ ।

संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको २० औँ वार्षिक साधारण सभा पुस २३ गते, शुक्रबार होटल सामना प्रा.ली मकवानपुर हेटौडा बिहान ११ बजेबाट सूरु हुनेछ । 

संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस ७ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः
 

61b6a95da8991.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको