छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्री हुन नसकेको ४ हजार ४१४ कित्ता संस्थापक सेयर सर्वसाधारण व्यक्ति तथा संस्थाहरूका लागि खुला गरेको छ।
कम्पनीका अनुसार यसअघि उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै ३५ दिनको सूचना प्रकाशित गरिएको थियो। तर तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अब सर्वसाधारण लगानीकर्ता तथा अन्य कम्पनीहरूलाई समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको हो।
बिक्रीमा राखिएको सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको मध्यबानेश्वरस्थित छिमेक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आवेदन बुझाउनुपर्नेछ।
संस्थाले तोकिएको समयसीमाभित्र प्राप्त आवेदनका आधारमा प्रचलित कानुन तथा कम्पनीको सेयर हस्तान्तरणसम्बन्धी व्यवस्था अनुसार प्रक्रिया अगाडि बढाइने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस