Like us!
Follow us!
Connect us!
Watch us!

सरकारकै कारण सेयर बजारबाट लगानीकर्ताको १२ खर्ब गायब, कसले लिने जिम्मेवारी ?

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १० : ४१ मा प्रकाशित

सरकारकै कारण सेयर बजारबाट लगानीकर्ताको १२ खर्ब गायब, कसले लिने जिम्मेवारी ?

लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदल (पूँजी बजार सुदृढीकरण बृहत कार्यदल) का संयाेजक अम्बिका प्रसाद पाैडेलले एक विज्ञप्ति सार्वजनिक गर्दै लगानीकर्ताहरुलाई संयमित भएर कारोबार गर्न आग्रह गरेका छन् ।

आज (मंसिर २७ गते, साेमबार) सार्वजनिक गरिएकाे उक्त विज्ञप्तिमा अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायहरुले तीन बर्ष अघि नै गर्छु भनेका ५८ बुँदेका बाँकी कामहरु पुरा नहुँदा र यसबीचमा भएका कतिपय नीतिगत परिवर्तनका कारणले पूँजी बजारमा गम्भीर संकट उत्पन्न भएको उल्लेख गरिएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, "यो संकट समाधानका लागि लगानीकर्ताहरुको तर्फबाट पटक पटक पहल हुँदा समेत सरकार र सम्बद्ध पक्षबाट सम्बोधन नभएकाले करिव ४५ खर्ब पुगेको सेयर बजारले करिब १२ खर्ब गुमाई सकेको छ भने सरकारकाे अर्बाैँ राजस्व गुमेको छ । ४७ लाख भन्दा धेरै डीम्याट खाताधारीबाट १२ खर्ब भन्दा बढी सम्पत्ति गुमी सकेको छ । यस संकटलाई तत्काल सम्बोधन गर्न ब्रोकरमार्फत मार्जिन ट्रेडिङ्ग कारोबार पूर्ण रुपमा कार्यान्वयन नभएसम्म राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जाको सिमा तत्काल हटाउने, धितोपत्र बोर्ड र नेप्सेका प्रमुख तत्काल नियुक्त गर्ने र ५८ बुँदेका बाँकी कामहरु तत्काल गर्नको लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।"

लगानीकर्ताहरुले समस्या समाधानका लागि सुझाएका उपायहरुको सम्बोधन नगरी परिस्थिति अरु बिग्रेर गएमा त्यसको सम्पूर्ण जिम्मेवार सरोकारवाला निकायहरु नै हुने कुरामा विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराइएकाे छ । 

विज्ञप्ति हेर्नुहाेस् :
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको