Like us!
Follow us!
Connect us!
Watch us!

५ वटा फाइनान्सकाे लाभांश घोषणा : मञ्जुश्रीकाे उच्च गुहेश्वरीकाे न्यून, अन्य कुनकाे कति ?

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १३ : ३२ मा प्रकाशित

५ वटा फाइनान्सकाे लाभांश घोषणा : मञ्जुश्रीकाे उच्च गुहेश्वरीकाे न्यून, अन्य कुनकाे कति ?

हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ५ वटा फाइनान्स कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।

लाभांश घाेषणा गर्ने ५ वटा फाइनान्स कम्पनीमध्ये सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश रहेकाे छ ।

५ वटा फाइनान्स कम्पनीमध्ये एउटा कम्पनीकाे बुकक्लाेज भइसकेकाे छ र बाँकी ४ वटा फाइनान्स कम्पनीहरूले भने हालसम्म साधारण सभा तथा बुकक्लाेज मिति ताेकेका छैनन् ।

हेर्नुस् कुन कम्पनीकाे कति लाभांश ?

१.  मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर २४ गते, शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म कम्पनीले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।

२. आइसिएफसी फाइनान्स कम्पनी लिमिटेड

आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । फाइनान्सकाे अठाराैँ वार्षिक साधारण सभा पाैष ५ गते, साेमबार, आम्रपाली ब्याङ्केवट, भाटभटेनी, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर २३ गतेदेखि बुकक्लाेज गरिसकेकाे छ । त्यसैले, मंसिर २२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. गुडविल फाइनान्स कम्पनी लिमिटेड

गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर २६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म कम्पनीले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।

४. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर १४ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म कम्पनीले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।

५. गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेड

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे मंसिर १५ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म कम्पनीले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको