Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा, असार १ गतेसम्म बोलपत्र पेस गर्न सकिने

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, १२ : १० मा प्रकाशित

नेपाल फाइनान्सको झन्डै ११ लाख कित्ता संस्थापक शेयर लिलामीमा, असार १ गतेसम्म बोलपत्र पेस गर्न सकिने

नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहका झन्डै ११ लाख कित्ता शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले यसअघि जारी गरेको हकप्रद शेयर बिक्री प्रक्रिया सकिएपछि बाँकी रहेका संस्थापक समूहका १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर आज जेठ ११ गतेदेखि लिलामीमा राखिएको हो।

यस लिलामी शेयरमा इच्छुक व्यक्ति तथा संस्थाहरूले सहभागी हुन सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. १०० तोकिएको छ, र लगानीकर्ताले यस मूल्य वा सोभन्दा बढीमा बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा कम्तीमा १,००० कित्ता र त्यसपछि १० कित्ताको गुणनफलमा आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले असार १ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्रहरू धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालय, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखाहरू बनेपा, माछापुच्छ्रे, लगनखेल, तिलोत्तमा तथा प्रभु बैंकका शाखाहरू विराटनगर, वीरगन्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको