सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो २८औं वार्षिक साधारण सभा आगामी जेठ ४ गतेका लागि आह्वान गरेको छ। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
साधारण सभा ललितपुर, कुपण्डोलस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरूलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ। त्यसैले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरिने छैन।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण र नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गरिनेछ। साथै चालु आर्थिक वर्ष २०८१/८२ का लागि नयाँ लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गते बुक क्लोज गर्नेछ। त्यसैले वैशाख २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस