आइसिएफसि फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्नको लागि साधारण सभा बोलाएको छ।
यो सभा पुस २९ गते सोमबार, काठमाडौँको बौद्ध हेरिटेज, बौद्ध पिपलबोटमा आयोजना हुनेछ र बिहान १० बजेबाट सुरु हुनेछ।
सभामा फाइनान्सले चुक्ता पूंजीको ५.२६३२ प्रतिशतका दरमा नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने योजना बनाएको छ। यसका साथै, संस्थापक समूहबाट ३ जना नयाँ सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि उपस्थित गरिने छन्।
साधारण सभा र लाभांश वितरणका लागि फाइनान्सले पुस १७ गते एक दिनको बुकक्लोज गर्ने निर्णय गरेको छ। यसरी, पुस १६ गतेसम्म नेप्सेमा कारोबार हुने सेयरधनीहरूले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस