Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिक खर्च र राजस्वमा वृद्धि, व्यापारघाटा अझै उच्च

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, ०८ : ३२ मा प्रकाशित

वार्षिक खर्च र राजस्वमा वृद्धि, व्यापारघाटा अझै उच्च

आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल रु १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड बराबर खर्च गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को रु १४ खर्ब ८ अर्ब ७६ करोड भन्दा उल्लेख्य वृद्धि हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा प्रस्तुत विवरणअनुसार चालुतर्फ ८५.९५ प्रतिशत (रु ९ खर्ब ८० अर्ब ३८ करोड) र पुँजीगततर्फ ६३.२ प्रतिशत (रु २ खर्ब २२ अर्ब ६८ करोड) खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ भने ८७.८७ प्रतिशत (रु ३ खर्ब २० अर्ब ४ करोड) खर्च भएको छ।

गत वर्षको तुलनामा चालुतर्फ २.९४ प्रतिशत र पुँजीगततर्फ १६.१५ प्रतिशत बढी खर्च भएको देखिन्छ। कुल वार्षिक खर्च लक्ष्यको ८१.८७ प्रतिशत मात्र उपयोग भएको हो।

राजस्वतर्फ, कर राजस्व वार्षिक लक्ष्यको ८१.७५ प्रतिशत र गैरकर राजस्व ९५.४५ प्रतिशत संकलन भएको छ। यसरी कुल राजस्व संकलन ८३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको रु १० खर्ब ३० अर्ब ३४ करोड राजस्व संकलनको तुलनामा यस वर्ष रु ११ खर्ब ७८ अर्ब ८२ करोड संकलन भएको हो, जसमा १४.४१ प्रतिशत वृद्धि भएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले बढेको छ।

व्यापारतर्फ, आव २०८१/८२ मा कुल आयात रु १८ खर्ब ४ अर्ब १२ करोड पुगेको छ, जुन अघिल्लो वर्षभन्दा १३.३ प्रतिशत बढी हो। निर्यात रु २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ, जसमा उल्लेखनीय ८१.८ प्रतिशत वृद्धि भएको छ। यद्यपि कुल व्यापारघाटा अझै उच्च रहँदै रु १५ खर्ब २७ अर्ब ९ करोडमा पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको