Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेकाे ओरालो यात्रामा निरन्तरता : माैद्रिक नीतिकाे समिक्षापछि ४४९.७८ अंकले घट्याे

नेप्से

सोमबार, २७ मंसिर २०७८, १५ : ०२ मा प्रकाशित

नेप्सेकाे ओरालो यात्रामा निरन्तरता : माैद्रिक नीतिकाे समिक्षापछि ४४९.७८ अंकले घट्याे

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा पहिराे गएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् ।

माैद्रिक नीतिकाे समिक्षापछि लगातार सेयर बजारमा पहिराे गइरहेकाे छ । राष्ट्र बैंकले यही मंसिर १० गते शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियाे । त्यसैकाे असर सेयर बजारमा देखिएकाे हाे । याे बीचकाे अवधिमा आजसम्म आइपुग्दा नेप्से परिसूचक ४४९.७८ अंकले घटेकाे छ । माैद्रिक नीतिकाे समिक्षापछि हालसम्म २ दिन मात्र सेयर बजार बढेकाे थियाे । मंसिर ९ गते बिहीबार २७३१.७८ विन्दुमा बन्द भएकाे सेयर बजार आज (मंसिर २७ गते, साेमबार) सम्म आइपुग्दा २२८२ विन्दुमा झरेकाे छ । 

समिक्षामा सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे सीमा सम्बन्धी नीतिमा केही परिमार्जन हुन्छ भन्ने लगानीकर्ताहरूकाे आश थियाे । तर मौद्रिक नीतिको समिक्षाले ४/१२ को नीतिमा कुनै हेरफेर गरेन । त्यसपश्चात् पनि निरन्तर बजार घटिरहँदा पनि नियामक निकायहरूले केही बाेलेका छैनन् । सम्पूर्ण लगानीकर्ताहरू माैन छन् । बरू विभिन्न माध्यमबाट पूँजी बजारलाई प्रहार गर्दै आएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२ विन्दुमा झरेकाे छ । नेप्से ३.३६ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४३७.५९ विन्दुमा झरेको छ । 

कूल २३३ वटा कम्पनीकाे ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार एक सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह घटेकाे छ ।

साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक कारेबार भएकाे छ । बैंककाे १८ कराेड ३ लाख ५९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन गाेर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । फाइनान्सकाे सेयरमूल्य ९.४७ अंकले बढेर ७ सय ७१ रूपैयाँ ९० पैसा पुगेकाे छ ।

आज स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ९.९९ अंकले घटेर एक हजार ६ सय ९३ रूपैयाँ ९० पैसामा झरेकाे छ ।

 आजकाे सेयर तालिका :

61b7141baba5b.jpg 61b7142099f19.jpg 61b71424bb33e.jpg 61b7142945d2b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको