Like us!
Follow us!
Connect us!
Watch us!

सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्युआर कोड

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १७ : ०६ मा प्रकाशित

सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्युआर कोड

माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानिय व्यवसायीहरुलाई क्यु.आर.कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ ।

नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङ्गको अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए ।

माछापुच्छ्रे बैंक पूर्वी क्षेत्रका प्रमुख व्यवसाय अधिकृत डिल्लीराम गिरीले उद्घोषण गरेका उक्त कार्यक्रममा  माछापुच्छ्रे बैंक प्रदेश नं. ०१ का प्रदेश प्रमुख दिपेन्द्र प्रसाद वाग्ले र दायित्व तथा बाहिय मामिला विभाग उप–प्रमुख प्रतिमा पाण्डेको उपस्थितिले स्थानिय व्यवसायीहरुलाई क्यु.आर.कोड र डिजिटल बैंकिङ्गको बारेमा थप जानकारी लिन सहज भएको थियो ।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले आफुले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको