Like us!
Follow us!
Connect us!
Watch us!

१० वाणिज्य बैंकको सेयर मूल्य घटेर ५२ हप्ताको न्यून मूल्य नजिक, कुनको मूल्य कति ?

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, ०६ : ५२ मा प्रकाशित

१० वाणिज्य बैंकको सेयर मूल्य घटेर ५२ हप्ताको न्यून मूल्य नजिक, कुनको मूल्य कति ?

पछिल्लो समय नेपालको सेयर बजार निरन्तर ओरालो यात्रामा छ । नेप्से हाल सम्म सर्वाधिक उच्च विन्दुबाट करिब ९०० अंकले घटिसकेको छ । नेप्से परिसूचकसंगै नेप्सेमा सुचिकृत अधिकांश कम्पनीहरुको सेयर मूल्य पनि ओरालो लागि रहेको छ । 

यो करिब ४ महिनाको अवधिमा कतिपय कम्पनीहरुको सेयर मूल्य त करिब ५० प्रतिशत भन्दा पनि बढिले घटेको छ भने अधिकांश कम्पनीहरुको सेयर मूल्य करिब ३० प्रतिशतको हारहारीमा घटेको देखिन्छ । सरकार र नियामक निकायहरुको निरन्तर प्रहारले नेप्सेले ओरालो यात्रा तय गरेको जानकारहरुको तर्क छ । 

यदि कम्पनीहरुको मूल्य अत्याधिक बढेकै कारण नेप्सेमा करेक्सन आएको भए त अहिलेसम्म तुलनात्मक रुपले बढ्दै नबढेको र अन्डरभ्यालुड मानिने वाणिज्य बैंकहरुको सेयर मूल्यमा गिरावट नआउनुपर्ने हो तर आएको छ सबै कम्पनीहरु र क्षेत्रहरु करिब करिब एकै किसिमले घटिरहेकाछन् त्यसैले यो नियजित रुपमा बजार घटाउने खेल भएको आरोप लगाउछन् लगानीकर्ता दिनेश लामिछाने । 

अहिले नेप्सेमा सुचिकृत २६ वाणिज्य बैंकहरुको सेयर मूल्यमा पनि व्यापक गिरावट आएको छ । बैंकहरुको सेयर मूल्यलाई हेर्ने हो भने १० वटा वाणिज्य बैंकहरुको सेयर मूल्य अहिले ५२ हप्ताको सर्वाधिक न्यून सेयर मूल्यको नजिक पुगेको देखिन्छ । बजार घटेका कारण कम्पनीको सेयर मूल्य पनि निरन्तर घट्यो र कम्पनीले गत आर्थिक बर्षको मूनाफाबाट वितरण गरेको बोनसमा मूल्य समायोजन हुँदा बैंकहरुको सेयर मूल्य न्यून बिन्दु नजिक पुगेको हो । 

५२ हप्ताकै न्यून मूल्य नजिक पुगेका बैंकहरु र तिनको सेयर मूल्यः

61b7ef47dcc4f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको