Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले हान्यो सेञ्चुरी, हेर्नुपर्ने विन्दु कुन-कुन ?

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, १३ : ०८ मा प्रकाशित

नेप्सेले हान्यो सेञ्चुरी, हेर्नुपर्ने विन्दु कुन-कुन ?

हिजो सोमबार करिब ७९ अंकले घटेको नेप्से परिसूचक आज मंगलबार तिव्र रुपमा बढ्ने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ११४ अंक भन्दा धेरैले बढिसकेको छ।

केही दिनदेखि बजार लगातार घटेर रातो देख्दा देख्दा निरास भईरहेका लगानीकर्ताहरु हरियो देख्न पाउँदा उत्साहित बनेका छन्। यसअघिको अल टाइम हाइ ३२२७ को विन्दुबाट बजार २२५५ सम्म आइपुग्दा करिब ३०% ले घटिसकेको छ। करिब करिब ४ महिनाको अवधिमै बजार ३०% ले घट्नु भनेको एकदमै धेरै घट्नु हो। बजार धेरै घटेर प्राय: सबै कम्पनीका सेयरहरू निकै सस्तोमा आइसकेपछि लगानीकर्ताहरुले खरिद बढाउँदा बजार १०० अंक भन्दा धेरैले बढेको जानकारहरुको भनाइ छ।

अब लगानीकर्ताहरुले हेर्नुपर्ने विन्दु कुन ?

बजार धेरै दिनदेखि लगातार घटेर २२५५ को विन्दुसम्म आएको थियो। यसअघि बजार घट्न थालेको विन्दु २८२५ र २२५५ लाई लिएर फ़िबोनासि रिट्रेश्मेण्ट लगाएर हेर्दा । ०.२३६ को लेभलको विन्दु २३९० हो। यदि बजार २३९० भन्दा माथि माथि नै रहन सकेको अवस्थामा २२५५ को विन्दुलाई नै यो डाउन ट्रेन्डको बटमको रुपमा लिन सकिनेछ। बजार बढ्दै गएको खण्डमा हेर्नुपर्ने अर्को महत्वपुर्ण विन्दु २४७२ हो। त्यो विन्दुलाई क्रस गर्दै बजार बढ्यो भने नेप्सेको यात्रा अझै माथिको हुन सक्ने अनुमान गर्न सकिन्छ।

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको