Like us!
Follow us!
Connect us!
Watch us!

६ प्रतिशतले बढ्यो सेयर बजार

नेप्से

मंगलबार, २८ मंसिर २०७८, १३ : ३४ मा प्रकाशित

६ प्रतिशतले बढ्यो सेयर बजार

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) का लागि सेयर कारोबार बन्द भएकाे छ । १ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि सेयर काराेबार बन्द गरिएकाे हाे । यसअघि पनि १२ बजेर ३८ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेपछि पहिलाे सर्किट ब्रेक लगाइएकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर काराेबार मापक नेप्से परिसूचक ६.०१ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेर २४१८.८४ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि २२.७२ अंकले बढेर ४६०.३० विन्दुमा पुगेको छ । 

कूल २२० वटा कम्पनीकाे ४० लाख ८५ हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर बढेको छ ।

61b84e7157c9f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको