मेगा बैंक लिमिटेडकाे पन्ध्राैँ वार्षिक साधारण सभा आज (मंसिर २८ गते, मंगलबार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न भएकाे छ ।
सभामा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।
सभामा बैंकका अध्यक्ष भाेज बहादुर शाहद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएकाे छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पनि स्वीकृत गरेकाे छ । सभामा २०७८/७९ को लागि लेखापरीक्षककाे नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिएकाे छ ।
यसका साथै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिसन) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर/प्राप्ती समिति गठन गर्ने, उपयूक्त बैंक वा वित्तीय संस्थासंग समझदारी पत्र (Memorandum of Understanding) गर्ने, सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याङ्कन (Due Diligence Audit) गर्न मान्यता प्राप्त (स्वदेशी वा विदेशी) मुल्याङ्कनकर्ता नियुक्ती गर्ने गराउने, मुल्याङ्कनकर्ताको पारिश्रमिक तोक्ने, शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गर्ने, गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिसन) गर्न अन्तिम सम्झौता गर्ने लगायतका मर्जर तथा एक्विजिसनसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र प्रचलित ऐन/कानूनको अधिनमा रही बैंकमा वैदेशिक रणनैतिक साझेदार ल्याउने प्रयोजनको लागि वैदेशिक रणनैतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस