Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा तीव्र उतारचढाव : नेप्से परिसूचक घट्याे, काराेबार रकममा आकर्षक वृद्धि

नेप्से

बुधबार, २९ मंसिर २०७८, १५ : ०३ मा प्रकाशित

सेयर बजारमा तीव्र उतारचढाव : नेप्से परिसूचक घट्याे, काराेबार रकममा आकर्षक वृद्धि

आज (बुधबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । हिजाे (मंगलबार) १ बजेर २६ मिनेट जाँदा ६ प्रतिशतले बढेर बन्द भएकाे सेयर बजार आज भने ४.२३ अंकले घटेकाे हाे । बुधबार पनि इन्ट्रा डे मा बजार २४८९.१६ विन्दुमा पुगीसकेकाे थियाे । बन्द हुने बेलामा फेरि २४१४.६२ विन्दुमा झरेकाे हाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झरेकाे छ । नेप्से ०.१७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले घटेर ४५९.४१ विन्दुमा झरेको छ । 

कूल २२८ वटा कम्पनीकाे ९८ लाख ७९ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६ सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेको छ ।

आज महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १६ कराेड ५८ लाख ६२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय ४४ रूपैयाँ पुगेकाे छ । 

आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ५.३४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार एक सय रूपैयाँमा झरेकाे छ ।

याे पनि :

सिक्नुहोस : Buy zone and Sell zone कसरी थाहा पाउने | अहिलेको बजार कस्तो देखिन्छ ? Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको