Like us!
Follow us!
Connect us!
Watch us!

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १६ : ४३ मा प्रकाशित

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । अब प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने कुरामा मिदास टेक्नोलोजी विश्वत छ । यो सेवा पूर्वाञ्चल स्वास्थ्य छेत्र अन्तर्गतमा पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेर मार्फत सुरू गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ती मिल्नुका साथै समयको पनि वचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, विर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय नाम मिदास टेक्नोलोजी आइएमई ग्रुपद्वारा प्रवद्धित कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको