Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई र मिदासबीच सहकार्य, कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको व्यवस्था

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, १३ : ३३ मा प्रकाशित

आइएमई र मिदासबीच सहकार्य, कक्षा १ देखि १० सम्म निशुल्क ई‐लर्निङको व्यवस्था

आइएमई ग्रुपद्वारा प्रवद्र्धित नेपालको सबैभन्दा विश्‍वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमई र विगत दुई दशकदेखि विद्यार्थीहरुको सिकाईलाई र्ई‐लर्निङ मार्फत सहज बनाउने कार्य गर्दै आएको मिदास एजुकेशन प्रा. लि सँगको सहकार्यमा र्ई‐लर्निङ  प्रवद्र्धन अभियान सुरु गरेको छ । सोही अभियान चैत्र ८ गते देखि बैशाख ३१ गते सम्म २०७९) सम्म जम्मा ५४ दिनको लागि लागु गरिएको हो । 

यस अभियानमा, नेपालमा सफलतापूर्वक विदेशबाट आइएमई मार्फत रकम पठाउँदा भुक्तानी गरिसकेपछि आइएमईका अन्तर्राष्ट्रिय साझेदारहरूबाट डाउनलोड लिङ्कसहितको एसएमएस र लाभार्थीलाई प्रोमो कोड पठाइनेछ । लाभार्थीले त्यसपछि आफ्नो मोबाइलमा प्राप्त Link मा Click गरेर MiDas eCLASS सरलीकरण शिक्षा एप Install गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि, प्रापकले निःशुल्क ई–लर्निङ प्राप्त गर्न प्रोमो कोड प्रयोग गर्न सक्छन् र सोही कोड प्रयोग गरेर कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र निशुल्क पढ्न पाउनेछन् ।  

सरकारी तथा निजी विद्यालयमा पढ्ने सबै बालबालिकाले शिक्षक÷शिक्षिका र अभिभावकको रेखदेखमा मात्रै पढाइलाई अगाडि बढाइरहेका हुन्छन् । तर ई‐क्लासले पाठ अनुसारका गेम, भिडियो, चित्र र चित्रअनुसारको आवाज, एनिमेनसन र इलुस्ट्रेसनले बालबालिकाको ध्यान पढ्नमा आकर्षित गर्छ । अडियो र भिडियो माध्यम पाठ्यसामग्रीमा प्रयोग गर्दा विद्यार्थीलाई रमाइलो पनि हुन्छ । MiDas eCLASS मा बालबालिका सिक्नका लागि थप उत्सुक हुनुका साथै स्वअध्ययन गर्ने बानीको पनि विकास हुदै जान्छ भन्ने विश्वासका साथ सोही अभियान सुरु गरिएको हो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको