Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको साधारसभा पुस २३ गते, यस्ता छन् प्रस्तावहरु

अर्थ संसार

विहीबार, ०१ पुस २०७८, ०७ : ५८ मा प्रकाशित

ज्योति विकास बैंकको साधारसभा पुस २३ गते, यस्ता छन् प्रस्तावहरु

ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको मंसिर २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २३ गते, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै सभाले बैंकको हाल कायम चुक्ता पूँजी ५ अर्बबाट बृद्धि गरि ८ अर्ब बनाउने प्रस्ताव समेत पनरित गर्ने छ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61baa0fb70d56.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको