Like us!
Follow us!
Connect us!
Watch us!

JBBL को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २६ माघ २०७९, ०६ : ४८ मा प्रकाशित

JBBL को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । माघ २७ र २८ गते नेप्सेको दोस्रोबजार कारोबार बन्द हुने भएकाले आज माघ २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनश सेयर र ३.८० नगद लाभांश ९कर समेत० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकको संचालक समितिको बैठकले बैंकको १५ औँ वार्षिक साधारणसभा फागुन १४ गते बिहान ११ बजेदेखि आर्मी अफिसर्स क्लब भद्रकाली, काठमांडौमा संचालन गर्ने निर्णय गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको