Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, ०६ : २२ मा प्रकाशित

ज्योति विकास बैंकको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

ज्योति विकास बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज फागुन १४ गते बिहान ११ बजेदेखि आर्मी अफिसर्स क्लब भद्रकाली, काठमांडौमा सुरु हुनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनश सेयर र ३.८० नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ २९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले माघ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको