अर्थ संसार, पोखरा– अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ ।
घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी सामान्य घाइते हुनुभएको छ भने श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिसा भागेर ज्यान बचाउन सफल हुनुभएको छ ।
मानवीय तथा चौपायाको कुनै क्षति नभए पनि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा एवम् भाडावर्तन पुरिएर नष्ट भएको र अहिले स्थानीय जनता र प्रहरीको सक्रियतामा उद्धार कार्य भइरहेको वडाध्यक्ष ओम सुवेदीले जानकारी दिनुभयो ।
वर्षाका कारण पोखरा–बागलुङ सडकखण्डको फेदीमा पहिरो गई बन्द भएको बाटो रातिनै डोजरको सहयोगले खुलाई सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस