Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे नेप्से, किन रोकिएन बजारको ओरालो यात्रा ?

नेप्से

विहीबार, ०१ पुस २०७८, १४ : ५७ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे नेप्से, किन रोकिएन बजारको ओरालो यात्रा ?

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । हिजाे (बुधबार) पनि सेयर बजारमा सामान्य गिरावट देखिएकाे थियाे । हिजाेकाे तुलनामा काराेबार रकम भने ह्वात्तै घटेकाे छ । हिजाे सेयर बजार ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा झर्दा ४ अर्ब ५८ करोड ८३ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे थियाे ।

पूँजी बजारमा निरन्तर विभिन्न व्यक्ति र नियामक निकायहरूबाट प्रहार भइरहँदा सेयर बजार घटेकाे लगानीकर्ता सिद्धार्थ पन्तले बताए । उनी भन्छन्, "बजार अलिकति बढ्न खाेज्याे भने कतै न कतैबाट बजारलाई प्रहार भइहाल्छ । यस्ताे हुँदा हामी लगानीकर्ताकाे मनाेबल घट्दै गइरहेकाे छ । त्यसैले अहिले बजार घटेकाे हाे ।" उनले थपे, "बजारमा तरलताकाे अभाव पनि कायमै छ । यदी अहिलेकाे अवस्थामा नियामक निकायहरूले सेयर बजारकाे विकासका लागि केही पहल गर्ने हाे भने लगानीकर्ताकाे मनाेबल बढ्छ र बजारमा पनि सकारात्मक माहाेल बन्छ।"

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेकाे छ । नेप्से १.५७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको छ । 

कूल २२४ वटा कम्पनीकाे ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड बाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

आज प्रभु बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ९ कराेड ४३ लाख १९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बिहीबार नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ३ सय ५४ रूपैयाँ ६० पैसा पुगेकाे छ । 

आज ग्रीन लाइफ हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.५९ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ६५ रूपैयाँमा झरेकाे छ ।

याे पनि :

सिक्नुहोस : Buy zone and Sell zone कसरी थाहा पाउने | अहिलेको बजार कस्तो देखिन्छ ? Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको