बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा ८८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संक्रमितकाे संख्या हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।
बेलायतमा कोभिडका कारण आगामी पाँच महिनामा कम्तिमा ५० हजारदेखि बढीमा ७५ हजार जना मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले चेतावनी दिएका छन् । संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । नयाँ भाइरसको संक्रमण बढेसँगै सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।
करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा कोभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस