Like us!
Follow us!
Connect us!
Watch us!

जगदम्बा स्टिल्सलाई स्लिट रोलिङ मार्फत टीएमटी छडको उत्पादनमा सफलता

मंगलबार, १३ असार २०७४, १३ : १२ मा प्रकाशित

जगदम्बा स्टिल्सलाई स्लिट रोलिङ मार्फत टीएमटी छडको उत्पादनमा सफलता

अर्थ संसार, काठमाडौं– नेपालकै ठूलो स्टिल कम्पनीका रुपमा परिचित शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिल्सले टीएमटी छड उत्पादनमा अतुलनिय सफलता हात पारेको छ ।

जगदम्बा स्टिल्सले नेपालमै पहिलो पटक स्लिट रोलिङ प्रविधिमार्फत टीएमटी छड उत्पादन गर्ने कार्यमा उल्लेखनिय सफलता हात पारेको हो ।

स्टेट अफ आर्ट प्रविधिको प्रयोग मार्फत स्लिट रोलिङ प्रविधिले एउटै बिलेटबाट दूई वादूई भन्दा बढी छड उत्पादनगर्न सकिन्छ ।

गौरवपूर्ण यस घडीमा बोल्दै शंकर गु्रपका प्रबन्धक निर्देशक शाहिल अग्रवालले जगदम्बा स्टिल्स आफ्ना नेपाली उपभोक्तालाई उत्कृष्ट गुणस्तरका स्टिल उत्पादनहरु उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको बताए ।

स्लिट रोलिङ प्रविधि मार्फत उच्च गुणस्तरिय टीएमटी छड उत्पादनका लागि प्राइमरी ग्रेड बिलेटकै मात्र प्रयोग गर्नुपर्ने हुन्छ अग्रवाले जानकारी दिए ।

जगदम्बा स्टिल्सले प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ ।  जगदम्बा स्टिल्स नेपालकै प्रमुखतथा सर्वाधिक ठूलो कम्पनी हो ।

सेल, जेएसपीएल र ईलेक्ट्रोस्टिल लगायत एकिकृत स्टिल निर्माता मार्फत प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको