Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

अर्थ संसार

शनिबार, ०३ पुस २०७८, ११ : ४६ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता ३ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । याे साता नेप्सेमा २ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे ऋणपत्र सूचिकृत भएकाे हाे ।

सिटिजन्स बैंक लिमिटेडकाे १२.९१३ प्रतिशत बाेनस बापतकाे एक कराेड ६२ लाख ४० हजार ५ सय ८ दशमलव ९१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गरेको थियाे । असोज २१ गते सार्वजनिक बिदा परेको हुनाले असोज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसका साथै, सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ११ प्रतिशत बाेनस बापतकाे ११ लाख एक हजार ३ सय ४५ दशमलव २९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीकाे असार ३० गते सम्पन्न भएकाे वार्षिक साधारण सभाले ११.५७ प्रतिशत लाभांश पारित गरेकाे थियाे । साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १७ गतेदेखि बुकक्लोज गरेको थियो । त्यसैले असार १६ गतेसम्म कायम सेयरधनीले मात्र बाेनस सेयर प्राप्त गर्ने छन् ।

त्यसैगरी, कृषि विकास बैंक लिमिटेडको ९ वर्ष अवधि भएकाे “४ प्रतिशत कृषि विकास बण्ड, २०८७” को ३४ लाख २६ हजार ९ सय ७५ कित्ता र ८ वर्ष अवधि भएकाे “४ प्रतिशत कृषि विकास बण्ड, २०८६” काे ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको