Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सेयर बजार बन्द हुने

अर्थ संसार

शनिबार, ०३ पुस २०७८, १२ : २३ मा प्रकाशित

आइतबार सेयर बजार बन्द हुने

भाेलि (पाैष ४ गते, आइतबार) धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएकाे छ । सरकारले भाेलि सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद्को पाैष १ गते, बिहीबार बसेकाे बैठकले आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय छ । सरकारले सार्वजनिक बिदा दिने घाेषणा गरेसँगै बजार पनि बन्द हुने भएकाे हाे ।

गत साताकाे अन्तिम काराेबार दिन (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेर २३७६.७४ विन्दुमा झरेकाे थियाे । सेन्सेटिभ परिसूचक पनि ५.८८ अंकले घटेर ४५३.५३ विन्दुमा झरेको थियाे । कूल २२४ वटा कम्पनीकाे ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको