बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
कम्पनीकाे पाैष १ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू हुनेछ ।
कोभिड-१९ महामारीको जोखिम कायम नै रहेको हुनाले साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई Zoom Meeting ID तथा Password उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस