Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोकाे विशेष साधारण सभा आज, शतप्रतिशत हकप्रद प्रस्ताव पारित हुँदै

अर्थ संसार

आइतबार, १४ साउन २०८०, १० : ४२ मा प्रकाशित

बरुण हाइड्रोकाे विशेष साधारण सभा आज, शतप्रतिशत हकप्रद प्रस्ताव पारित हुँदै

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज (साउन १४ गते, आइतबार) हुँदैछ ।  कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। 

कम्पनीले सभा साउन १४ गते, आइतबार, लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा दिनको १ बजे सभा बोलाएको छ। 

सभाले विद्युत नियमन आयोगबाट स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यो बाहेक सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ५ गते बुकक्लोज गरेकाे थियाे । जस अनुसार साउन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको