Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा: १:१ हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न

अर्थ संसार

विहीबार, २८ असार २०८०, ०८ : ५२ मा प्रकाशित

बरुण हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा: १:१ हकप्रद सेयर निष्काशन प्रस्ताव पारित गर्न

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ।  कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। 

कम्पनीले सभा साउन १४ गते, आइतबार, लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा दिनको १ बजे सभा बोलाएको छ। 

सभाले विद्युत नियमन आयोगबाट स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यो बाहेक सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीले गरेका लगानीहरुको सम्बन्धमा पनि प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन ५ गते बुकक्लोज तोकेको छ। जस अनुसार साउन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको