Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोले पायाे हकप्रद निष्कासन गर्न आयोगबाट स्वीकृति, यस्ता छन् पुरा गर्नुपर्ने ५ शर्त

अर्थ संसार

सोमबार, ११ भदौ २०८०, १० : २७ मा प्रकाशित

बरुण हाइड्रोले पायाे हकप्रद निष्कासन गर्न आयोगबाट स्वीकृति, यस्ता छन् पुरा गर्नुपर्ने ५ शर्त

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएकाे छ । आयोगले कम्पनीलाई १:१ काे अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो। 

आयोगले तलकाे पत्रमा उल्लेख गरिए बमाेजिम विभिन्न ५ बुँदे शर्तसहित स्वीकृति दिएकाे छ ।

शर्तहरुः

१. प्रचलित कानुन बमोजिम अनुमतिपत्र जारी गर्ने निकाय तथा अन्य निकायबाट सहमति लिनुपर्ने भएमा सो लिई आयोगलाई जानकारी गराउनु पर्नेछ ।

२. प्रचलित कानुन बमोजिम लाभकर लगायत अन्य कर बुझाउनु पर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्नेछ ।

३. कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्नेछ ।

४. तहाँ अन्तर्गतका शेयरधनीहरु मध्ये कुनै शेयरधनी विद्युत सम्बन्धी आयोजना बनाई नेप्सेमा सुचिकृत कम्पनी भएमा हकप्रद शेयर जारी गरी लगानी गर्ने भएमा आयोगको पूर्व स्वीकृति लिनुपर्नेछ ।

५. आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समय-समयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्नेछ ।

पत्र हेर्नुहाेस् :

64ec26ac57fce.jpg 64ec26b370367.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको