Like us!
Follow us!
Connect us!
Watch us!

सेयर गसिपः आकर्षक लाभांशको हल्लाले हिमालयन डिष्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट !

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १५ : २३ मा प्रकाशित

सेयर गसिपः आकर्षक लाभांशको हल्लाले हिमालयन डिष्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट !

 केहि बर्ष अघिसम्म पनि नेपालका अधिकांश जनतालाई सेयरका बारेमा कुनै पनि जानकारी थिएन । केहि जान्ने बुझ्ने बर्गको पँहुचमा मात्र सेयर बजार सिमित थियो तर अहिले अवस्था परिवर्तन भएको छ नेपालका अधिकांश मानिसहरुका लागि सेयर बजार चासोको बिषय बनिरहेको छ । 

अघिल्लो बर्षको बैशाखमा करिब ४ लाखको संख्यामा आईपिओमा आवेदन पर्ने गरेकोमा अहिले बृद्धि भएर करिब २४ लाखसम्मले आवेदन गरेको रेकर्ड छ ।  डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या पनि करिब ४७ लाख पुगिसकेको छ । 

सेयर बजारमा आईपिओमा आवेदन गर्नेहरुको संख्या सँगसँगै दोस्रो बजार कारोबार गर्नेहरुको संख्यासमेत उल्लेखनीय रुपमा बृद्धि भइरहेको देखिन्छ । बजारमा लगानीकर्ताहरुको संख्या बढेपछि सेयर बजार सर्वाधिक चर्चाको विषय बन्ने गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक, क्लब हाउस, भाइबर र ट्विटरदेखि चिया चौतारीसम्म अहिले चर्चाको विषय बन्ने गर्छ सेयर । २ ४ जना साथीहरुको जमघटमा समेत अहिले राजनितिक बहस हुन छाडेर सेयर बजारमा केन्द्रीत हुने गरको देखिन्छ । 

बजारमा लगानीकर्ताहरुको उपस्थिति बढेसँगै बजारलाई प्रभावित पार्न हल्ला पनि चल्ने गर्छन्  । अझ भनौं नियोजित रुपमा यस्ता हल्ला चलाइन्छन् । कतिपय हल्ला (गसिप) पछि सही सावित हुन्छन्, कतिपय हल्ला बजारलाई प्रभावित पारेर फाइदा लिन प्रायोजित रुपमा चलाइन्छन् ।
 
केहि हदसम्म नेपालको मात्र नभएर विश्वकै सेयर बजार हल्ला बाट प्रभावित हुने गरेको देखिन्छ । लगानीकर्ताको सबैभन्दा ठुला क्षमता नै कुन हल्ला प्रायोजित र कुन हल्ला वास्तविक भनेर चिन्नु नै हुने देखिन्छ । जसले प्रायोजित हल्लामा लागेर सेयर कारोबार गर्छ त्यो एक दिन अवश्य पनि फस्छ । 

कुन हल्लामा कति सत्यता छ वा छैन भन्ने कुराको अध्ययन र विश्लेषण गरेरमात्र लगानी गर्दा मात्र त्यो लगानी सुरक्षित हुन्छ । बजार हल्लाका पछाडि मात्र लागेर लगानी गर्नेहरुले क्षणिक कुनै एक दुई कम्पनीमा मुनाफा हाँसिल गर्न सक्लान् तर दीर्घकालिन रुपमा यसले नोक्सानी ब्यहोर्नु पर्ने हुन सक्छ । त्यसकारण लगानीकर्ताहरुले हल्लाको मात्र पछि लागेरभन्दा अध्ययन गरेर लगानी गर्ने बानीको विकास गर्नुपर्ने जरुरी हुन्छ । 

हामीले नियमित रुपमा यिनै बजारमा फैलिएका विभिन्न हल्ला र गसिपको बारेमा वास्तविकता सहित हाम्रा पाठकलाई पस्किने प्रयत्न गर्नेछौ । हामीले प्रकाशन गरेका विभिन्न बजारका हल्ला र गसिपकै आधारमा कुनै पनि कम्पनीको सेयर खरिद गर्न वा विक्रि नगर्न अनुरोध हाम्रा पाठकहरुलाई गर्दछौ । 

गसिपः आकर्षक लाभांशको हल्लाले हिमालयन डिष्टिलरीको सेयर मूल्यमा सकारात्कम सर्किट

हिमालयन डिष्टिलरी कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १०० प्रतिशत लााभांश वितरणको हल्ला पछि आज(सोमबार) उक्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अहिले लगानीकर्ताहरुका बिचमा कम्पनीले ७० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लााभांश वितरण गर्ने हल्ला फैलिएको छ । 

कम्पनीले अघिल्लो आर्थिक बर्षमा ५० प्रतिशत नगद लाभांश र ५० प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । कम्पनीको मुनाफा उक्त आर्थिक बर्षको तुलनामा अहिले बढेकोले पनि कम्पनीले लाभांश बढाउने लगानीकर्ताहरुको आँकलन छ । 

गत आर्थिक बर्षको प्रकाशित वित्तिय विवरण अनुसार हाल कम्पनीको चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा १ अर्ब १३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ जुन अघिल्लो आर्थिक बर्षको तुलनमा ६८.५९ प्रतिशतले बढि हो । 

आर्थिक बर्ष २०७६/७७ को तुलनामा गत आर्थिक बर्ष २०७७/७८ मा ३९ रुपैयाँ २३ पैसाले बढेर कम्पनीको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ९४ पैसा पुगेको छ भने खुद नाफामा  १२२.९० प्रतिशतले बृद्धि भएको छ । 

यसरी हेर्दा वित्तिय रुपमा कम्पनीको तुलनात्कम रुपमा लाभांश क्षमतामा बृद्धि भएको भएता पनि कम्पनीले कति लाभांश वितरण गर्ने सम्बन्धमा अहिले सम्म कुनै पनि निर्णय नभएको कम्पनी श्रोतले बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको