Like us!
Follow us!
Connect us!
Watch us!

संगठन विस्तारमा स्वतन्त्र पुँजीबजार संघ आक्रमक, इनरुवा नगर कमिटी गठन

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, २१ : ०४ मा प्रकाशित

संगठन विस्तारमा स्वतन्त्र पुँजीबजार संघ आक्रमक, इनरुवा नगर कमिटी गठन

पुँजी बजारको विकासको लागि हाल सालै अगाडी बढेको कान्छो संघ  स्वतन्त्र पुँजीबजार संघ आफ्नो संगठन विस्तारमा भने आक्रामक देखिएको छ।

संघले आज  इनरुवा नगर कमिटी गठन गरेको छ। नगरपालिकामा उपस्थित लगानीकर्ताहरुको भेलाले नवराज सुब्बाको अध्यक्षतामा ३१ सदस्यिय स्वतन्त्र पुँजी बजार संघको नगर कमिटी गठन गरेको हो  ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष रोहन कार्कीको प्रमुख आतिथ्य, सुनसरी जिल्ला अध्यक्ष बिनोद घिमिरेको अध्यक्षता, अतिथिहरु बिराटनगर माहानगर कमिटी अध्यक्ष तेज बहादुर भट्टराई लगायत बिभिन्न जिल्ला कमिटिका पदाधिकारी हरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा अहिलेको पुँजी बजारको अहिलेको अवस्था, समस्या अनि समाधान र सुधारका उपायहरुको बिषयमा छलफल तथा अन्तरक्रिया समेत भयको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको