Like us!
Follow us!
Connect us!
Watch us!

२ वाणिज्य बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको लाभांश कति ?

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, ०७ : १४ मा प्रकाशित

२ वाणिज्य बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको लाभांश कति ?

आज २ वाणिज्य बैंक सहित ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र एनएमबि बैंक, नेपाल एसबिआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तको लाभांश प्राप्त गर्नेछन् । 

यी चारै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष ७ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनएमबि बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको छब्बीसौँ वार्षिक साधारण सभा पौष २२ गते हुनेछ । 

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्तिक १० गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाको पाँचौ वार्षिक साधारण सभा पौष १७ गते शनिबार, ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी-४, दुलेगौँडा, तनहुँमा बिहान ११ बजेबाट हुनेछ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको २० औँ वार्षिक साधारण सभा पुस २३ गते, शुक्रबार होटल सामना प्रा।ली मकवानपुर हेटौडा बिहान ११ बजेबाट सूरु हुनेछ । 

नेपाल एसबिआई बैंक लिमिटेडको मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी  १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकको अठ्ठाइसौँ वार्षिक साधारण सभा पौष २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको