नेपालमा दिनदिनै चिसाे बढ्दै गइरहेकाे छ । यस्ताे अवस्थामा आफ्नाे स्वास्थ्यकाे ख्याल गर्नु अत्यन्त जरूरी हुन्छ ।
मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको जाडाेमा अपनाउनुपर्ने १० वटा हेल्थ टिप्स यस प्रकारका छन् :
१) पानी प्रशस्त पिउनेः
शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।
२) वार्म अप गर्नेः
शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि (५–१० मिनेट) शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने ।
३) हिँडाइको गति कम गर्नेः
चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।
४) चिसो हावा र पानी परेको बेलामाः
यस्तो बेलामा घर बाहिर ब्यायम गर्न निस्किनु हुँदैन ।
५) मदिरा र चुरोटको सेवनः
जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।
६) धेरै चिल्लो खानाः
जाडोमा कोलेष्ट्र्रेल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी भोजको बेलामा सर्तक हुनु पर्छ ।
७) सुगर, प्रेसर, कोलेस्ट्रेलको राम्रो नियन्त्रणः
जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।
८) चिसोमा हिँड्दा छाती दुख्नुः
मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ ।
९) औषधिको नियमित प्रयोगः
मुटुरोग प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाइकन नियमित खानु पर्छ ।
१०) व्यामको बेलामा चिसोबाट सुरक्षाः
यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नुपर्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस