Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५७ अंकको बढोत्तरी, बजार फर्केको हो ?

नेप्से

मंगलबार, ०६ पुस २०७८, १५ : ०४ मा प्रकाशित

नेप्सेमा ५७ अंकको बढोत्तरी, बजार फर्केको हो ?

एक हप्तापछि आज फेरि सेयर बजारमा हरियाली देखिएको छ । यसअघि गत मंगलबार सेयर बजार ६ प्रतिशत अर्थात् १३७.१८ अंकले बढेको थियो । त्यसपछि फेरि सेयर बजार दिनहुँ घटिरहेको थियो । आज फेरि बजारमा सकारात्मक माहोल देखिएको हो । नेप्से परिसूचक अर्थसतक भन्दा धेरैले बढ्दा कारोबार हुने १३ वटै उपसमूह उकालो लागेका छन् । 

प्राविधिक विश्लेषक सन्दीप चौधरीले बजार अधिकतम २२०० भन्दा तल नजाने बताएका छन् ।  अर्थसंसारसंग कुरा गर्दै चौधरीले भने "लगानीकर्ताहरुले जहिले पनि लगानी गर्दा रिस्क र रिवार्ड दुवै पक्षलाई ध्यान दिनुपर्छ अहिलेको अवस्थामा लगानी गर्दा रिस्कको तुलनामा रिवार्ड नै बढि देखिन्छ सेयर बजारमा इतिहास दोहोरिने र नेप्सेमा सन् २००६ देखि नै बारम्बार एउटै किसिमको प्याटर्न बन्दै आएको ले अब करिब करिब बजार फर्कने चरणमा आईसकेको जस्तो देखिन्छ ।"  

अझै केहि दिन नेप्सेमा करेक्सन पनि आउनसक्ला तर पुसको तेस्रो साता पछि भने नेप्सेले उकालो यात्रा तय गर्ने उनको बिश्लेषण छ । 

बजार हरेक हिसाबले बटममा आइसकेको बताउँदै चौधरीले लगानीको लागि यो उपयुक्त समय रहेको बताएका छन् ।  पोजिसन ट्रेडिङ्गको लागि पनि यो उपयुक्त समय हो।  लगानीकर्ताले बजारमा फैलिने नोइजहरुलाई ध्यान नदीइ आफ्नो विवेक प्रयोग गरेर कारोबार गरे मात्रै बजारबाट कमाउन सकिने नत्र सेयर बजारमा कमाउन त्यति सजिलो पनि नभएको उनले बताए ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर काराेबार मापक नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेकाे छ । नेप्से २.४१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ११.३४ अंकले बढेर ४६२.५२ विन्दुमा पुगेको छ । 

कूल २२६ वटा कम्पनीकाे ४९ लाख ७४ हजार २ सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८ सय ४७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर बढेको छ ।

मंगलबार हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १४ कराेड ५८ लाख ६९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय ४१ रूपैयाँ पुगेकाे छ ।

गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.८९ प्रतिशतले घटेर प्रतिकित्ता ९ सय २५ रूपैयाँमा झरेकाे छ । 

61c19f5d62a6d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको